7 years ago
May 18, 2019
भरतपुर (हाम्रो खेलकुद)- सिएमजी क्लब संकटा सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार भएको फाइनलमा संकटाले रमपम झापा–११ लाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । संकटालाई च्याम्पियन बनाउन अमित तामाङ र लक्ष्मण रुचालले गोल गरे । एक गोल उपहार पाएको थियो ।
चितवन नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको १४औं मिनेटमा अमित तामाङले फ्रिकिकमार्फत गोल गर्दै संकटालाई अघि बढाएका थिए ।
पहिलो हाफमा १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफको अन्तिम समयतिर दुई गोल गर्न सफल भयो । ८७औं मिनेटमा सुमित मैनालीले आफ्नै पोस्टमा गोल गरेपछि संकटा २–० ले अघि बढ्यो ।

संकटाका गोलरक्षक राजाबाबुको लामो पासमा सुमित मैनालीले ब्याक पास दिदा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । अन्तिम समयमा काउन्टर एट्याकमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई च्याम्पियन बनाए ।
झापाले पाएको केही मौकालाई सदुपयोग गर्न नसक्दा उपविजेतामा सीमित बन्न पुग्यो । फाइनल खेलमा संकटाका अमित तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया पाए ।
च्याम्पियन बनेसँगै संकटाले ६ लाख रुपैया प्राप्त ग¥यो । दोस्रो भएको मग मग झापा–११ ले ३ लाख रुपैयामा चित्त बुझायो । संकटाका अमित तामाङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले ४० हजार रुपैया पाए ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताभर एक गोल पनि नखाएका संकटाका राजाबाबु थापा उत्कृष्ट गोलरक्षक चुनिए । झापाका निशान लिम्बु उत्कृष्ट फरवार्ड चुनिए । झापाका सन्जोक राई उत्कृष्ट मिडफिल्डर भए । चितवन–११ का सुधांशु चौधरी उत्कृष्ट डिफेन्डर भए । उनीहरु सबैले समान २० हजार रुपैया पाए ।
विजयी टिम तथा खेलाडीहरुलाई भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललगायतले पुरस्कृत गरे । पुरानो मेडिकल कलेज (सिएमएस)को मुख्य प्रायोजनमा २४ बैशाखबाट शुरु भएको प्रतियोगितामा विभिन्न १२ टोलीको सहभागिता रहेको थियो ।
भरतपुर गोल्डकपका उत्कृष्टहरु
सर्वाेत्कृष्ट खेलाडी – अमित तामाङ (संकटा)
फरवार्ड – निशान लिम्बु (झापा)
मिडफिल्ड – सन्जोक राई (झापा)
डिफेन्डर – सुधांशु चौधरी (चितवन–११)
गोलरक्षक – राजबाबु थापा (संकटा)
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]