7 years ago
May 18, 2019
एजेन्सी – जुनको तेस्रो सातादेखि ब्राजिलमा सुरु हुने कोपा अमेरिकामा १२ देशको सहभागिता रहेको छ । दक्षिण अमेरिकाको १० राष्ट्रसँगै यसपटक एसियन कपको फाइनल खेलेका जापान र कतारले पनि कोपा अमेरिकामा प्रतिस्पर्धा गर्नेछन् ।

दक्षिण अमेरिकामा १० राष्ट्र मात्र भएका कारण प्रतियोगितालाई उचित संरचना दिन दुई राष्ट्रलाई सहभागिता जनाउन आमन्त्रण गरिएको हो । यसअघिका प्रतियोगितामा ६ राष्ट्रलाई निमन्त्रणा दिने प्रचलन रहेको थियो । अमेरिकामा भएको अघिल्लो संस्करणमा पनि १६ टोलीको सहभागिता रहेको थियो ।
सन् २०१८ को मेमा दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबल) ले सन् १९९३ मा लागु गरिएको १२ टोलीको संरचना पछ्याउने र दुई टोलीलाई आमन्त्रण गर्ने निर्णय गर्यो । यसैक्रममा जापान र कतारले आमन्त्रित टोलीका रुपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यद्दपी जापान र कतार एसियन कपको फाइनल पुगेको कारण आमन्त्रित गरिएका भने होइनन् । उक्त प्रतियोगिता हुनुअघि नै दुई टोलीको सहभागिता पक्का भएको थियो ।
सन् २०२२ को विश्वकपको आयोजक समेत रहेको कतारले आफ्नो विश्वकप तयारीका रुपमा यस प्रतियोगितालाई लिएको छ । यस प्रतियोगितामा कतारले समूह बी मा रहेर अर्जेन्टिना, कोलोम्बिया र पाराग्वेको सामना गर्नेछ । यता जापानले भने उरुग्वे, चिली र इक्वेडरसँग खेल्नेछ ।
यसअघि जापानले आमन्त्रित टोलीका रुपमा पाराग्वेमा भएको सन् १९९९ को संस्करणमा ओअनी खेलेको थियो । उक्त प्रतियोगितामा जापानले बोलिभियासँग १-१ को बराबरी खेल्दै १ अंक जोडेर समूहको अन्तिम स्थानमा रहेको थियो । जापानले पेरु र पाराग्वेसँग हार बेहोरेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]