default_image

7 years ago

May 18, 2019

बायर्न म्युनिखलाई बुन्डेसलिगा उपाधि

129 views

0 Bookmark

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले लगातार सातौं पटक जर्मन बुन्डेसलिगा उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा बायर्नले आइनट्राक्ट फ्रान्कफर्टलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि पक्का गरेको हो ।

शनिबारै भएको अर्को खेलमा बोरुसिया डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडबाकमाथि २-० को जित दर्ता गरेपनि उपाधि होडमा दोस्रो स्थानमा रहयो । बायर्नले लिगको ३४ खेलमा ७८ अंक जोड्दा डर्टमुन्डले ७६ अंक मात्र जोड्न सक्यो ।

बायर्नका लागि लिगको चौथो मिनेटमा किंग्सले कोमानले अग्रता दिलाएका थिए । दोस्रो हाफमा सबस्टियन हाल्लरले ५० औं मिनेटमा बराबरी गोल फर्काउँदै बायर्नलाई केहि कठिन बनाएका थिए । तर डेविड अलावाले तीन मिनेटमा नै बायर्नलाई अग्रता दिलाए । युवा मिडफिल्डर रेनाटो सान्चेसले उत्कृष्ट गोल गर्दै ५८ औं मिनेटमा अग्रता दोब्बर पारे ।

बायर्नका लागि अन्तिम खेल खेलिरहेका फ्रान्क रिबेरी र आर्जेन रोबेनले पनि १-१ गोल गरे । दुवै खेलाडीले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरे । यस जितसँगै बायर्नले लगातार ७ सिजन लिग उपाधि जितेको छ ।

डर्टमुन्डको जितमा जेडन सान्चो र मार्को रिउसले १-१ गोल गरे । लिगमा उत्कृष्ट प्रदर्शन गरेपनि दोस्रो स्थानमा रहेको डर्टमुन्डका लागि सिजनको मध्यभागमा नतिजा बिग्रनु दुर्भाग्य सावित भयो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.