default_image

7 years ago

May 19, 2019

म्यानचेस्टर सिटीले जित्यो एफए कप, आधा दर्जन गोल

165 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीले आइतबार एफए कपको उपाधि जितेको छ । वार्टफोर्डलाई ६–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले एफए कप जितेको हो ।

रहिम स्टर्लिङले ह्याट्रिक गरेको एक पक्षिय खेलमा डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले समान १ गोल गरे । एकै सिजनमा ३ उपाधि जित्ने सिटीको लागि यो पहिलो अवसर हो । एफए कप अघि सिटीले लिग कप र प्रिमियर लिग उपाधि जितेको थियो ।

खेलमा वार्टफोर्डले अग्रता लिने मौका गुमाएको थियो । रोबेर्टो पेरेराको वान भर्सेस वान प्रयासलाई इडरसनले रोकेको थिए । मौका चुकाएको वार्टफोर्डविरुद्ध सिटीले २६ औं मिनेटमा अग्रता लिएको थियो ।

डिसेम्बर पछि पहिलो पटक गोल गर्दै स्पेनिस स्टार डेभिड सिल्भाले सिटीलाई अघि बढाएका थिए । ३८ औं मिनेटमा स्टर्लिङले गोल गर्दा सिटीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ब्रुयनेले ६१ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरेका थिए ।

एकतर्फी खेलमा ६८ औं मिनेटमा जेससले गोल गरे । खेलको अन्त्यतिर इंग्ल्यान्डका अन्तर्राष्ट्रिय स्टर्लिङले ८१ औं र ८७ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पुरा गरे ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.