default_image

7 years ago

May 19, 2019

ओडोईलाई चेल्सीमा १० नम्वर जर्सी प्रस्ताव

126 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युवा स्टार क्यालुम हड्सन ओडोईलाई लामो समय क्लबमा राख्ने प्रस्तावसहित १० नम्वरको जर्सीको प्रस्ताव गरेको छ ।

चेल्सीमा १० नम्वर पहिरिएका बेल्जियन फरवार्ड इडेन हजार्ड स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धनजिक रहेका छन् । रियलले हजार्डलाई १०० मिलियन पाउन्ड प्रस्ताव गरेको युरोपेली संचार माध्यममा आएको छ ।

यस्तो अवस्थामा क्लबले १८ वर्षीय युवा स्टार ओडोई क्लबको लागि महत्वपुर्ण खेलाडी हुने भन्दै १० नम्वर जर्सी प्रस्ताव गरेको हो । चेल्सीले ओडोइलाई हजार्डको विकल्पको रुपमा अघि सारेको छ ।

ओडोइ अहिले चोटका कारण विश्राममा रहेका छन् । ओडोईले मैत्रीपुर्ण खेल दौरान खुट्टामा चोट बोकेका थिए ।

ओडोईलाई जर्मन क्लब बायर्न म्युनिख, फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब युभेन्टसले पनि अनुबन्ध गर्ने प्रयास थालेको छ । बायर्नले पनि ओडोईलाई ३५ मिलियन पाउन्डमा अनुबन्ध गर्दै १० नम्वरको जर्सी प्रस्ताव गर्ने योजना बनाएको छ । बायर्नमा १० नम्वर लगाउने आर्जेन रोवेनले यसै सिजन बायर्न छाड्दैछन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.