7 years ago
May 19, 2019
एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मनलाई शनिबार क्लबको लागि अन्तिम खेल खेल्ने क्रममा आफ्नै समर्थकहरुले उनीविरुद्ध नाराबाजी गरेका छन् ।

फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ग्रिज्मनले मंगलबार मात्र आफूले क्लब छाड्ने निर्णय गरेको बताएका थिए । सन् २०१४ मा एटलेटिको आएका उनले गत जुनमा मात्र पाँच वर्षे सम्झौता गरेका थिए । तर उनले सम्झौता अवधि सकिनुअघि नै क्लब छाड्ने निर्णय गरे । क्लबले पनि उनको निर्णयको सम्मान गर्ने निर्णय गरेको छ ।
यद्दपी लिगको अन्तिम खेलमा समर्थकहरु भने उनको निर्णयलाई लिएर निराश देखिए । उनलाई समर्थकहरुले ‘आउट! आउट! आउट!’ भन्दै नाराबाजी गरेका थिए । लेभान्तेविरुद्ध खेलमा एटलेटिको २-० ले पछाडी परेपनि सर्जियो क्यामेलो र रोड्रीगोको गोलसँगै २-२ को बराबरी गर्न सफल भएको थियो ।
यस सिजन ग्रिज्मनसँगै क्लबका कप्तान डिएगो गोडीन पनि अन्यत्र जाने पक्का भएको छ । उनीसँगै रोड्रीगो, जुआनफ्रान, फिलिपे लुइस लगायत खेलाडी पनि क्लब छाड्ने सम्भावना रहेको छ । ग्रिज्मनले क्लबमा रहेर २ सय ५७ खेल खेल्दै १ सय ३३ गोल गरे । उनले क्लबसँग रहेर सन् २०१८ मा युरोपा लोग पनि जिते ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]