7 years ago
May 19, 2019
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को ‘प्लेयर अफ द सिजन’ को उपाधि हात पारेका छन् ।

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले । उनले लिगमा २२ गोल गर्दै ११ असिस्ट पनि प्रदान गरे । च्याम्पियन्स लिगमा भने उपाधि लक्ष्य सफल हुन नसकेको युभेले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्यो ।
रोनाल्डोले यसै सिजन क्लब छाड्न लागेका युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीलाई धन्यवाद दिए । ‘एलेग्रीसँग काम गर्न निकै राम्रो समय रहयो । उनको योगदानको लागि म धन्यवाद दिन चाहन्छु । हामीले एक सिजन मात्र काम गर्यौं तर यसक्रममा मैले उनलाई राम्रोसँग चिन्न पाएँ,’ रोनाल्डोले भने । सिरी ए को अवार्डमध्य लिग च्याम्पियन युभेन्ट्सबाट रोनाल्डोले मात्र अवार्ड जितेका हुन् ।
ला लिगाको अवार्डहरु :
प्लेयर अफ द सिजन : क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स)
उत्कृष्ट गोलरक्षक : सामिर हान्डानोभिच (इन्टर मिलान)
उत्कृष्ट डिफेन्डर – कालिडु कौलीबाली (नेपोली)
उत्कृष्ट मिडफिल्डर – सर्गे मिलिन्कोभिच-साभिच (लाजियो)
उत्कृष्ट फरवार्ड – फाबियो क्वाग्लीआरेल्ला (साम्पडोरिया)
उत्कृष्ट युवा खेलाडी – निकोलो जानिओलो (रोमा)
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]