7 years ago
May 19, 2019
म्यानचेस्टर (एजेन्सी)– भिन्सेन्ट कम्पोनीले ११ वर्षपछि म्यानचेस्टर सिटी छाड्ने भएका छन् । दशक लामा यात्रामा उनले क्लबबाट १० वटा उपाधि जितेका छन् ।

सिटीका लागि उनको अन्तिम खेल आइतबारको रह्यो । जहाँ वार्टफोर्डलाई ६–० ले हराउँदै सिटीले एफए कप जितेको थियो । त्योसँगै सिटीले यो सिजन कम्पोनीको कप्तानीमा प्रिमियर लिग, लिग कपसहित तीनवटा उपाधि जितेको थियो ।
३३ वर्षे उनले क्लब छाड्ने पक्का भएपनि अबको गन्तव्य कता हुने भन्ने अहिले सम्म टुंगो लागि सकेको छैन । क्लबका अध्यक्ष खाल्डुन अल मुबारकले कम्पोनीको खुलेर प्रशंसा गरेका छन् ।
‘क्लबलाई योगदान दिने थुप्रै खेलाडी छन् ,’ उनले भने,‘ तर, त्यसमा कोम्पनी भन्दा महत्वपूर्ण अर्को कोहि हुन सक्दैन । उनी क्लबको मुख्य खेलाडीका रुपमा लामो समय रहे ।
कम्पोनीको कप्तानीमा सिटीले ४ पटक प्रिमियर लिग उपाधि जितेको थियो । ‘उनको नेतृत्व, समर्पणले उनलाई अलग खेलाडीका रुपमा स्थापित गर्यो, ’ अध्यक्षले भने,‘ उनी बेग्लै क्षमता भएका खेलाडी हुन् । उनले चार अलग अलग प्रशिक्षकसँग काम गरे । चोटले पनि उनलाई दुःख दियो । त्यसका वावजुद पनि उनले आफ्नो समर्पण निरन्तर देखाए ।
सेन्टर ब्याक उनी सन् २००८ मा सिटीमा आबद्ध भएका थिए । उनले सिटीमा ४ प्रिमियर लिग उपाधि, २ एफए कप र ४ लिग कपको उपाधि जिते । उनले सिटी समर्थकर्लाइ लेखेका छन् ,‘ लगातार लिग कप विजेता, लगातार इग्ल्यान्डको विजेता र एफए कप विजेता । यो सिजन हाम्रो लागि साच्चै उत्कृष्ट रह्यो । सिटीमा म ११ वर्ष रहे । म आफैलाई विश्वास छैनकी सिटीमा यो मेरो अन्तिम सिजन हो । कुनै पनि समय मैले छोड्ने विषयमा सोचेको थिइन । सिटीले मलाई सबै चिज थियो । मैले जति सके दिने कोसिश गरे । अब जाने समय आएको छ ।’
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]