default_image

7 years ago

May 19, 2019

घरेलु मैदानमा रियलको हार

131 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा रियल म्याड्रिड घरेलु मैदानमा रियल बेटिससँग पराजित भएको छ । सान्टियागो बर्नाबाउमा रियल २-० ले पराजित भयो ।

प्रशिक्षक जिनेदिन जिदानले लगातार खेलमा वेल्सका फरवार्ड ग्यारेथ बेललाई मैदानमा उतारेनन् । पछिल्ला खेलमा टोलीमा समावेश नभएका बेल यस खेलमा बेन्चमा रहेपनि मैदानमा उत्रन भने पाएनन् । रियलको आक्रमणमा करीम बेन्जेमासँगै ब्राहिम डियाज र भिनीसियस जुनियर रहेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै पाहुना टोली बेटिसलाई अग्रता दिलाए । उनले आन्द्रेस गुआरडाडोको पासलाई सदुपयोग गरेका थिए । खेलको ७५ औं मिनेटमा रियलका पूर्व खेलाडी जेसेले अग्रता दोब्बर पारे । रियलको जारि लिग सिजनमा यो १२ औं हार हो ।

लिगको अंक तालिकामा रियल ६८ अंकसाथ तेस्रो स्थानमा रहयो । ३८ खेलमा रियलले २१ जित, ५ बराबरी र १२ हारको नतिजा निकालेको हो । लिगको शीर्षस्थानमा रहेर एक खेल कम खेलेको बार्सिलोनाभन्दा रियल १८ अंकले पछाडी रहयो । दोस्रो स्थानको एटलेटिकोले रियललाई ८ अंकले पछाडी पारेको हो । खराब सिजनसँगै यसपटक ट्रान्सफर विन्डोमा प्रशिक्षक जिनेदिन जिदानले मोटो रकम खर्चने अपेक्षा गरिएको छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.