default_image

7 years ago

May 19, 2019

मनाङ मर्स्याङदीको झण्डा सगरमाथाको चुचुरोमा

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पर्वतारोही कर्मा तेन्जिङ न्याङ्मीले घरेलु फुटबलको सबैभन्दा सफल र चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लबको लोगो अंकित झन्डा सगरमाथामा फहराएका छन् ।

मनाङका संस्थापक सदस्य कालु तेन्जिङ गुरुङका छोरा कर्मा तेन्जिङ न्याङ्मीले १५ मे मा १ बजेर ५ मिनेटमा मनाङको लोगो अंकित भण्डा सगरमाथामा फहराएका हुन् । उनले आफ्नो गृह जिल्ला मनाङको क्लब रहेको र आफ्नो सबैभन्दा लोकप्रिय क्लब नै मनाङ रहेकाले झण्डा फहराउन पाउदा खुशी लागेको बताए ।

‘आफ्नो मनपर्ने टोलीको झण्डा सगरमाथामा फहराउन पाउँदा खुसी लागेको छ । मेरो इच्छा मेरो मनपर्ने क्लब मनाङलाई अझै विश्वले नै चिनोस् भन्ने थियो । त्यो पुरा भएको छ । निकै गौरव महसुस गरिरहेको छु,’ कर्माले भने । उनी काठमाडौं भ्याली स्कुलका अध्यक्ष समेत हुन् । पर्वतारोहणपश्चात टोली काठमाडौं फर्किसकेको छ ।

मनाङ २०७५ को ‘ए’ डिभिजन लिग च्याम्पियन हो । मनाङले कीर्तिमानी सातपटक ‘ए’ डिभिजन लिग जितेको छ । लिग च्याम्पियन भएको मनाङले अहिले एसियाको दोस्रो स्तरको एएफसी कप खेलिरहेको छ । समूह ‘ई’ मा रहेको मनाङ ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.