7 years ago
May 19, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको अन्तिम खेलमा बार्सिलोनालाई एइबारले बराबरीमा रोकेको छ । एइबारको मैदानमा भएको खेलमा कप्तान लिओनेल मेसीले २ गोल गरेपनि खेल २-२ को बराबरीमा सकियो ।

खेलको २० औं मिनेटमा मार्क कुकुरेल्लाले सर्जी एन्रीचको पासमा गोल गर्दै एइबारलाई अग्रता दिलाएका थिए । तर मेसीले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेसीले ३१ औं मिनेटमा आर्टुरो भिडालको पासमा बराबरी गोल फर्काए । त्यसको एक मिनेटमा नै इभान राकीटिचको पासमा मेसीले दोस्रो गोल गरे ।
पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डे ब्लासिसले गोल गरेपछि एइबार खेलमा फर्किएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल २-२ कै बराबरीमा सकियो ।
यस नतिजासँगै मेसी लिगको सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले लिगका ३४ खेल खेल्दै ३६ गोल गरे । युरोपेली गोल्डेन बुटमा पनि उनले किलियन एमबाप्पेसँग ४ गोलको अग्रता बनाएका छन् । उनले जारि सिजन सबै प्रतियोगितामा ५० गोल पनि पुरा गरे ।
बार्सिलोनाले शीर्षस्थानमा ३८ खेल खेल्दै ८७ अंक जोड्दै लिगको अन्त्य गर्यो । दोस्रो स्थानको एटलेटिको ११ अंक पछाडी रहँदा रियल म्याड्रिड १९ अंक पछाडी रहयो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]