7 years ago
May 20, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टस र एटालान्टाबीचको खेल १-१ को बराबरीमा सकिएको छ । लिग विजेता युभेन्ट्सका लागि प्रशिक्षक मासिमिलानो एलेग्रीले घरेलु मैदानमा अन्तिम खेलमा टोली सम्हाले ।

खेलको ३३ औं मिनेटमा पाहुना टोलीका लागि जोसिप इलिचिचले खराब डिफेन्डीङको फाइदा उठाउँदै गोल गरेका थिए । खेलको १० मिनेट समय बाँकी रहँदा मारियो मान्जुकिचले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको इन्ज्युरी समयमा फेडेरिको बर्नार्डेस्की रातो कार्ड खाँदै बाहिरीएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । खेलको समापनपछि युभेन्ट्सलाई लिग विजेताको ट्रफी प्रदान गरिएको थियो ।
युभेले सन् २०१२ पछि लगातार ४ खेलमा जित निकाल्न सकेन । यस नतिजासँगै एटालान्टा लिगको तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानको इन्टर मिलानको समान ६६ अंक भएपनि हेड टु हेडमा एटालान्टा अगाडी छ । इन्टर आइतबार भएको अर्को खेलमा नेपोलीसँग ४-१ ले पराजित भएको हो ।

युभेन्टसले एक महिना अगाडी नै लिग उपाधि पक्का गरिसकेको थियो । प्रशिक्षक एलेग्री ५ वर्षपछि क्लब छाड्न लागेका हुन् । उनले यसबिचमा युभेन्ट्सलाई लगातार घरेलु उपाधि दिलाउन सफल रहे । रोनाल्डोलाई पनि खेलअघि लिगको प्लेयर अफ द इयरको उपाधि दिइएको थियो ।
अर्काे खेलमा एसी मिलानले फ्रोसिनवानलाई २–० ले हरायो । मिलानका क्रिस्टोफ पियाटिक र सुसोले गोल गरे । जितसँगै मिलानले अर्काे सिजनको च्याम्पियन्स लिगको लागि छनोट हुने सम्भावना जीवितै राखेको छ ।
मिलान ३७ खेलबाट ६५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । सिरी ‘ए’ को अन्तिम चरणमा मिलानले एसपालसँग खेल्दैछ । यो खेलमा मिलानले जित निकालेको अवस्था र चौथो स्थानको इन्टर मिलान अन्तिम खेलमा इम्पोलीसँग पराजित भए मिलान चौथो स्थानमा उक्लदै च्याम्पियन्स लिगलाई छनोट हुनेछ ।
सिरी ‘ए’ का शीर्ष चार टोलीले च्याम्पियन्स लिगमा स्थान बनाउने छ । पाचौ हुनेने युरोपा लिगा तथा छैटौ हुनेले युरोपा लिगको लागि छनोट चरण खेल्नुपर्ने हुन्छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]