default_image

7 years ago

May 20, 2019

सावित्रा पहिलो रोजाईमा

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिग (आइडब्यूएल) को सेमिफाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीलाई पहिलो रोजाईमा राखेको छ ।

फाइनल प्रवेशका लागि सेथुले आज सेन्ट्रल एमएसबीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ मा सुरु हुनेछ । लिगमा लगातार पाँचौ जित दर्ता गर्दै सेथु दुई दिनअघि सेमिफाइनलमा पुगेको थियो । छैटौं खेलमा आइपुग्दा सावित्राले एउटा बाहेक सबै खेलमा पहिलो रोजाईमा मौका पाएकी थिइन् ।

उनीसँगै टोलीमा आबद्ध अनिता बस्नेतले भने खासै मौका पाएकी छैनन् । सावित्रा पहिलो रोजाईमा नपरेको खेलमा मात्र अनिताले पहिलो रोजाईमा मौका पाएकी थिइन् । पछिल्लो खेलमा सावित्राले गोल नगरेपनि ४ खेलमा उनले ९ गोल गरिसकेकी छिन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.