7 years ago
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले नियमित फरवार्ड विमल घर्तिमगर र भरत खवासलाई टोलीबाहिर राख्दै दुई मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेका छन् ।

जुनको पहिलो सातामा मलेसिया र चाइनिज ताइपेइविरुद्ध हुने खेलका लागि दुवै खेलाडी चोटबाट उचित रिकभर नभएका कारण टोलीमा नपरेका हुन् । प्रशिक्षक कालीनले मैत्रीपूर्ण खेल भएकाले दुवै खेलाडीलाई विश्राम दिएको बताए । ‘ हामीले दुई मैत्रीपूर्ण खेल खेल्दैछौं । विमल र भरत पूर्ण रुपमा फिट नभएका कारण नै टोलीमा नपरेका हुन् । अघिल्लो साता मैदान बाहिर रहेर प्रशिक्षणमा सहभागी हुन सकेनन्, त्यसैले अन्य खेलाडीलाई मौका दिएका हौँ, कालीनले भने ।
विमल र भरत दुवैले अघिल्लो साता प्रशिक्षणबाट बाहिर बसेका थिए । भरतको घुँडाको चोट बल्झिएको छ भने विमलको पुरानै ह्यामस्ट्रीङको समस्याले सताएको छ । दुवै खेलाडीले सोमबार भएको मैत्रीपूर्ण खेलमा प्रयास गरेपनि उचित रुपमा तयार नभएका कारण जोखिम नलिएको प्रशिक्षक किरण श्रेष्ठले पनि बताए ।
विमल यसै साता माल्दिभ्स जाने तरखरमा छन् । उनले अर्को सिजनका लागि टिसी स्पोर्ट्ससँग अनुबन्धन पनि गरिसकेका छन् । विमलले चोटका कारण आफू टोलीमा नपरेपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्ने बताए । ‘ नयाँ क्लबसँग अनुबन्ध गरेपनि राष्ट्रिय टोलीमा रहेर नयाँ प्रशिक्षकसँग केहि दिन प्रशिक्षण गरें । नयाँ प्रशिक्षकको रणनीति र खेल्ने शैली बुझ्न केहि सहज भयो । पछिल्ला केहि दिन चोटका कारण विश्राममा बसेको थिएँ । प्रशिक्षकले विश्राम दिने निर्णय गर्नुभयो । अब यसै साताभित्र माल्दिभ्स पुगेर केहि उपचार गरेपछि टोलीको प्रशिक्षणमा सामेल हुनेछु,’ विमलले भने ।
भरत भने लामो समयदेखि घुँडाको चोटले समस्यामा छन् । सन् २०१५ को साफ दौरान सुरु भएको उनको चोटले निकै सताएको छ । उनी सोमबार प्रशिक्षणमा पनि उपस्थित थिएनन् । मिडफिल्डर हेमन गुरुङ पनि चोटका कारण पूर्ण फिट नहुँदा टोलीमा अटाउन सकेनन् ।
अन्तिम टोली :
गोलरक्षक : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल
मिडफिल्डर/फरवार्ड : तेज तामाङ, सुनिल बल, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, विमल राना, रविशंकर पासवान, अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]