7 years ago
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्विडिस प्रशिक्षक योहान कालीनले जुनको पहिलो साता हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरे । यसक्रममा उनले प्रशिक्षणका लागि ४४ खेलाडीलाई बोलाएका थिए ।

छनोटमा विमल घर्तिमगर, भरत खवास, हेमन गुरुङजस्ता खेलाडी चोटका कारण अन्तिम टोलीमा पर्न सकेनन् । टंक बस्नेत, गौरव बुढाथोकी र विकास खवास चोटका कारण प्रशिक्षणमा सामेल नै भएनन् । प्रशिक्षक कालीनले २३ खेलाडीलाई मलेसिया र चाइनिज ताइपेइसँगको खेलमा प्रयोग गर्नेछन् ।
यसक्रममा अभिषेक रिजालले पहिलो पटक टोलीमा स्थान बनाएका छन् भने एलन न्यौपाने र सरोज दाहाल मात्र राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छन् । टोलीमा स्थान बनाउन नसकेपनि केहि नयाँ खेलाडीहरुको लागि भने क्याम्पमा पहिलो बोलावट अनुभवका लागि सुखद रहयो । युवा गोलरक्षक अर्पण कार्की, मिडफिल्डर सेसेहाङ आङदेम्बे, मिक्छेन तामाङ, नितिन थापा, लगायतले राम्रो छाप बसाले ।
अन्तिम टोली :
गोलरक्षक : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल
मिडफिल्डर/फरवार्ड : तेज तामाङ, सुनिल बल, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, विमल राना, रविशंकर पासवान, अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ
टोलीमा नपरेका खेलाडी :
अर्पण कार्की (पुलिस), दिनेश राजवंशी (थ्रीस्टार), विकास खवास (आर्मी), टंक बस्नेत (आर्मी), सुमन लामा (पुलिस), विश्वास श्रेष्ठ (शेर्पा), जगजित श्रेष्ठ, सुवास गुरुङ (संकटा), मिक्छेन तामाङ (थ्रीस्टार), गौरव बुढाथोकी (च्यासल), हेमन्त थापामगर (च्यासल), नितिन थापा (थ्रीस्टार), आशिष लामा (एपीएफ), रन्जन विष्ट (थ्रीस्टार), विमल घर्तिमगर (टिसी स्पोर्ट्स, माल्दिभ्स), विशाल श्रेष्ठ (मनाङ), सुरज विक (मनाङ), हेमन गुरुङ (मनाङ), कमल श्रेष्ठ (मनाङ), भरत खवास (आर्मी), सेसेहाङ आङदेम्बे (आर्मी)
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]