7 years ago
May 21, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पूर्व अध्यक्ष रामोन काल्डेरोनको बुझाईमा गेराथ बेलले क्लबका लागि अन्तिम खेल खेलिसकेको छन् । टोलीका प्रशिक्षक जिनेदिन जिदान बेल प्रति सकारात्मक नभएका कारण उनले क्लब छोड्ने सम्भावना रहेको पूर्व अध्यक्षले अनुमान गरे ।

रियलका प्रशिक्षक जिदान क्लबमा फर्केबाट नै बेलप्रति सकारात्मक थिएनन् । ला लिगाको पछिल्लो खेलमा पनि बेललाई जिदानेले टोलीमा राखेनन् । जुन खेलमा रियल २–० ले पराजित भएको थियो ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले बेलमाथि चासो देखाएको बताइएको छ । यहि बेला पूर्व अध्यक्ष काल्डेरोनले बेलको बारेमा भविष्यवाणी गरका छन् ।
‘ जिदान उनीप्रति सकारात्मक छैनन् । मलाई लाग्छ उनीहरुको सम्बन्ध पनि अन्त्य हुने क्रममा छ,’ काल्डेरोनले भनेका छन्, ‘मलाई लाग्छ बेलले अन्तिम खेल खेलिसके । गत वर्ष जिदान क्रिस्टिानो रोनाल्डोलाई राखेर बेललाई बेच्न चाहन्थे ।’
काल्डेरोनको नजरमा बेल क्लबप्रति समर्पित हुन नसक्नु समस्या रहेको उल्लेख गर्दै उनले उनले क्लब छोड्नु उपयुक्त हुने बताएका छन् । यदि उनलाई मौका आएको छ भने त्यसको फाइदा उठाउँदा राम्रो हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]