default_image

7 years ago

May 21, 2019

क्लार्क स्कटल्यान्डकाे प्रशिक्षक नियुक्त

126 views

0 Bookmark

एजेन्सी – स्कटल्यान्ड फुटबल एसोसिएसनले स्टिभ क्लबलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इंग्लिस क्लब चेल्सी र लिभरपुलका सहायक प्रशिक्षक रहेका क्लार्कलाई स्कटल्यान्डले ३ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

क्लार्क अब २०२२ सम्म स्कटल्यान्डको प्रशिक्षकको रुपमा रहनेछन् । २०२० को युरोकप छनोटमा खराव सुरुवात गरेपछि स्कटल्यानडले एलेक्स म्याकलेइसलाई बर्खास्त गर्दाै सोमबार राति क्लार्कलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

क्लार्कले वेस्ट ब्रुम र रिडिङलाई पनि प्रशिक्षण दिएका थिए । उनी पछि स्कटिस लिग किलमारनकको पनि प्रशिक्षक बनेका थिए ।

आफुलाई प्रशिक्षक बनाएकोमा क्लार्क स्कटिस फुटबल एसोसिएसनलाई धन्यवाद दिदै आफ्नो जिम्मेवारीलाई उत्तरदायी ढंगबाट पुरा गर्ने बताएका छन् । उनले स्कटल्यान्डलाई युरो २०२० मा छनोट गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्कटल्यान्डले युरो छनोटमा अर्काे महिना साइप्रस र बेल्जियमसँग् खेल्दैछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.