default_image

7 years ago

May 21, 2019

एलेग्रीलाई इटालियन फुटबल हल अफ फेम अवार्ड

121 views

0 Bookmark

एजेन्सी – सफल प्रशिक्षकमा उभिएका इटालियन सिरी ‘ए’ टोली युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई इटालियन फुटबल एसोसिएसनले इटालियन फुटबल हल अफ फेम अवार्ड प्रदान गरेको छ ।

एलेग्रीले साम्पोडरियाविरुद्ध खेल्दै युभेन्टसबाट बाहिरिदै छन् । उनले यसअघि नै क्लब छाडेने बताइसकेका छन् ।

पछिल्ला ६ मध्ये ५ सिरी ‘ए’ उपाधि, ४ कोपा इटालिया र ३ इटालियन सुपर कपको उपाधि जिताएको भन्दै एसोसिएसनले ५१ वर्षीय एलेग्रीलाई यो अवार्ड प्रदान गरेको हो । एलेग्री यति धेरै सफलता दिलाउने एक्लो इटालियन प्रशिक्षक हुन् ।

सन् २०११ म इटालियन क्लब एसी मिलानको प्रशिक्षक बनेका एलेग्रीले २०१४ मा एन्टेनियो कोन्टेलाई विस्थापित गर्दै युभेन्टसको प्रशिक्षक बनेका थिए । त्यसयता उनले युभेन्टसलाई दर्जनौ उपाधि जिताउन सफल भएका थिए ।

एलेग्रीले इटालियन फुटबलको हल अफ फेम अवार्ड प्राप्त गरेसँगै इटालियन फुटबलको एक इतिहास बन्न पाएको गर्व महसुस भएको बताएका छन् । एलेग्रीलाई चेल्सी र पेरिस सेन्ट जर्मेनले प्रशिक्षक बनाउने तयारी गरेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.