7 years ago
May 21, 2019
काठमाडौं(हाम्रो खेलकुद)- सरस्वती नगर स्पोर्टस् क्लब र आरसी–३२ फुटबल एकेडेमीले राजधानीमा मंगलबारदेखि शुरु भएको सहिद स्मारक ‘सी’ डिभिजन लिगको छनोट चरणको खेलमा विजयी सुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा भएको खेलमा सरस्वती नगरले एफसी सी एसमाथि २–० को जित निकाल्दै विजयी सुरुवात गरेको हो । सरस्वतीको जितमा मनिा पौडेल र विपीन कँडेलले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको नवौं मिनेटमा मनिष पौडेलले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा विपीन कँडेलले गोल गरेपछि सरस्वती २–० ले अघि बढ्यो । दोस्रो हाफमा गोल निस्कन नसक्दा सरस्वती २–० ले विजयी हुन सफल भयो ।
अर्काे खेलमा आरसी–३२ फुटबल एकेडेमीले ललितपुर युनाइटेडलाई ३–० ले हारयो ।
‘सी’ डिभिजन लिगको छनोटमा विभिन्न ३८ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।
लिगको दोस्रो चरण नकआउटका आधारमा हुनेछ । नकआउटका हरेक समूहका शीर्ष टोली ‘सी’ डिभिजनलाई बढुवा हुनेछ । छनोटका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र बुद्धि बिकास खेल मैदान लगनखेलमा हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]