7 years ago
June 9, 2019
लन्डन (एजेन्सी)– लिभरपुलका स्टारद्वय मोहम्मद सलाह र साडियो मानेलाई रियल म्याड्रिड र बार्सिलोना जस्ता क्लबले अनुबन्धन गर्ने प्रयास थाल्ने लिभरपुलका महान खेलाडी ग्रेमी सोनेसले दाबी गरेका छन् । सँगै उनले लुइस स्वारेज र फिलिप्पे काउटिन्होको जस्तो अवस्था नदोहोरियोस् भन्ने कामना पनि गरेका छन् ।

सालाहर र मानेसँगै आर्सनलका पिएर एमेरिक औबामेयाङले यसपटक संयुक्त रुपमा गोल्डेन बुट जितेका छन् । लिभरपुलको हकमा भने उत्कृष्ट खेलाडी गुमाएको इतिहास छ । क्लबले यसअघि स्वारेज र काउटिन्हो जस्ता खेलाडीलाई गुमाएको थियो । दुवै खेलाडी बार्सिलोना पुगेका थिए ।
सोनेस मान्छन् त्यस्तो घटना यो सिजनमा पनि दोहोरिन सक्छ । स्पेनिस क्लब रियल र बार्सिलोना टोलीको पूर्ननिर्माणमा लागेका कारण पनि सलाह र मानेलाई ती क्लबले भित्राउन प्रयास अवश्य गर्नेछन् भन्ने उनको बुभाई छ ।
‘ रियल र बार्सिलोनाले पक्कै पनि हाम्रा दुई खेलाडीलाई भित्राउन योजना बनाउन सक्छन् । किनकी उनीहरु टोली पूर्ननिर्माणमा छन् ,’ उनले भने, ‘लिभरपुल ठूलो क्लब हो । लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुगेको छ । तर, रियल र बार्सिलोनाको प्रस्ताव आउँदा धेरै खेलाडीलाई नाई भन्न कठिन हुन्छ । ‘
स्वारेज र काउन्टिहो लिभरपुलमा खुसी हुँदा हुँदै गुमाउनु परेको प्रसंग कोट्याएका छन् । भन्छन्’तर, जति बेला बार्सिलोनाले उनीहरुलाई लाने इच्छा राख्यो उनीहरु पनि त्यसतर्फ ध्यान दिन बाध्य भए । सालह र मानेको हकमा पनि त्यस्तै हुन सक्छ । ‘ यसैबीचमा यी दुवै खेलाडीले लिभरपुलसँगको सम्झौता लम्बाउने सम्भावना रहेको बताइएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]