default_image

7 years ago

June 7, 2019

टिसी स्पोर्ट्सबाट विमलको डेब्यु

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष श्रेणी क्लब टिसी स्पोर्ट्सबाट डेब्यु गरेका छन् ।

बिहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको च्यारिटी सिल्डको पहिलो लेगमा टिसी र फोकाइधुबिचको खेल १-१ को बराबरीमा सकिएको हो । विमलले सुरुवाती रोजाइमा रहेर खेलेपनि गोल गर्न भने सकेनन् । टिसीका लागि ६५ औं मिनेटमा इस्माइल इसाले गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा फोकाइधुका लागि हुसेन फाजिलले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए ।

खेलपछि हाम्रोखेलकुदसँग बोल्दै विमलले पहिलो खेल राम्रो रहेको प्रतिक्रिया दिए । ‘पहिलो खेल भएपनि राम्रो प्रदर्शन भयो । नयाँ मैदान भएकाले खेल्न केहि कठिन भएको थियो । अब दोस्रो लेग घरेलु मैदानमा खेल्दैछौं,’ उनले भने ।

टिसीले च्यारिटी सिल्डको दोस्रो लेग जुन १० मा घरेलु मैदानमा खेल्दैछ । विमलले टिसीसँग एक वर्षको सम्झौता गरेका हुन् । गत वर्ष टिसीले धिवेही प्रिमियर लिगको उपाधि जित्दा गोलरक्षक किरण चेम्जोङ लिगकै उत्कृष्ट गोलरक्षक चुनिएका थिए । यसपटक भने टिसीले किरणसंग मौखिक सम्झौता गरेपनि किरणले राष्ट्रिय टोलीबाट मैत्रीपूर्ण खेल खेल्ने निर्णय लिएपछि सम्झौता गर्न मानेको थिएन ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.