default_image

7 years ago

June 7, 2019

आयोजक नुवाकोट–११ नुवाकोट गोल्ड कपको सेमिफाइनलमा

112 views

0 Bookmark

विदुर (हाम्रो खेलकुद) – घरेलु टोली नुवाकोट–११ नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नुवाकोटले १० खेलाडीमा समेटिएको विजय युथ क्लब हेटौडालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । नुवाकोटको जितमा दुवै गोल रोमियोले गरे । विजयका लासग यामिक वानलले एक गोल फर्काए ।

खेलको शुरुवात देखिनै विजय युथ हेटौडालाई दबाबमा राख्दा खेलको पाँचौ मिनेटमा रोमियाको गोलबाट घरेलु टोलीलाई अग्रता दिलाए । ४२औं मिनेटमा विजय युथ १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा घरेलु टोलीले भरपुल रुपमा उठाउन सकेन । ओका वोटाले खराव ट्याकल गरेपछि उनी दोस्रो पहेँलो कार्ड व्यहोर्दै मैदानमा छाड्न बाध्य भए ।

५२औं मिनेटमा रोमियोले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । १० खेलाडीमा सिमित विजय युथले दोस्रो हाफमा पुनरागमन गदै घरेलु टोलीलाई दबावमा राखेको थियो ।

फलस्वरुप विजय युथको लागि खेलको ७१ औ यामिक वानलले गोल गर्दै गोल अन्तर घटाएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा नुवाकोट २–१ ले विजयी हुन सफल भयो ।खेलको म्यान अफ दि म्याच नुवाकोट ११ को लागि २ गोल गरेका रोमियो घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।

सेमिफाइनल प्रवेश गरेको नुवाकोट ११ ले फाइनल प्रवेशको लागि विभागिय टोलीहरु नेपाल पुुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ । प्रतियोगिता अन्र्तगत शनिबार विभागिय टोली नेपाल आर्मी क्लब र संकटा क्लबबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.