default_image

7 years ago

June 8, 2019

हाजार्ड रियलमा ५ वर्षलाई अनुबन्धित

171 views

0 Bookmark

एजेन्सी – अन्ततः चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्ड स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले हाजार्डलाई ५ वर्षको लागि क्लबमा ८८ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

२८ वर्षीय हजार्डको बिहीबार राति नै स्पेनमा मेडिकल भएको थियो । उनको अनुबन्धन ५ वर्षको अवधिमा बढेर १३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ । रियलले दुई वर्ष अघि देखि नै हजार्डलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेपनि असफल भएको थियो । तर, यसपटक रियलले हजार्डलाई अनुबन्ध गर्न सफल भएको हो ।

रियलमा अनुबन्ध हुने पक्का भएसँगै हजार्डले यो कुनै गोप्य नरहेको र बाल्यअवस्था देखिनै रियल म्याड्रिडमा खेल्ने इच्छा पुरा भएको बताएको छ । ‘चेल्सीमा हरेक समय निकै सम्झनयोग्य समय बिताए । चेल्सीले मलाई फुकुवा गर्न चाहेको थिएन । तर, मैले नै रियल रोजे ।’ हजार्डले भने ।

चेल्सीका निर्देशक मारिना ग्रानोसकाइयाले अजार्डले क्लब छाड्नु दुःखको क्षण भएको बताएका छन् । हामीले अब गुडबाई हजार्ड भन्नुबाहेक केही छैन । ‘उनलाई बाल्यकालमा रियलबाट खेल्ने सपना थियो । त्यो अब पुरा भएको छ । फरक देश र फरक क्लबमा थप सफलताको शुभकामना छ ।’ मारिनाले भने ।

हजार्डले चेल्सीमा ३५२ खेल खेल्दै ११० गोल गर्नुका साथै ९२ असिस्ट प्रदान गर्का थिए । उनले चेल्सीमा दुई प्रिमियर लिग, दुई युरोपा लिग, १ एफए कप र एक लिग कप जिताएका छन् ।
हजार्ड सन् २०१३ मा फ्रेन्च क्लब लिलेबाट चेल्सीमा पुगेका थिए । हाजार्डले रियल म्याड्रिडका लागि ७ नम्बर जर्सी लगाउने भएका छन् । गत सिजन रोनाल्डोले क्लब छाडेपछि मारियानोले उक्त जर्सी लगाएका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.