default_image

7 years ago

June 8, 2019

अर्जेन्टिना ५-१ ले विजयी

143 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसीले पहिलो हाफमा मात्र खेल्दै २ गोल गरेका थिए । दोस्रो हाफमा सर्जियो अगुएरोको स्थानमा मैदान प्रवेश गरेका लौतारो मार्टिनेजले पनि २ गोल थपे । अर्को गोल रोबर्टो परेराको नाममा रहयो ।

मेसीले खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । जिओभानी लो सेल्सोको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै मेसीले तीन डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गरे । त्यसको एक मिनेट नबित्दै मेसीले अर्को गोल थपे । लो सेल्सोको पासमा अगुएरोले गरेको प्रहार गोलरक्षकले बचाएपनि फर्केर आएको बलमा मेसीले गोल गरेका थिए ।

दोस्रो हाफमा अगुएरो र मेसीको स्थानमा मार्टिनेज र पाउलो डिबाला मैदान प्रवेश गरेका थिए । ६३ औं मिनेटमा मार्टिनेजले कर्नरमा आएको बललाई नियन्त्रणमा लिँदै गोल गरे । त्यसको १० मिनेटपछि मार्टिनेजले व्यक्तिगत दोस्रो गोल थपे । कर्नरमा आएको बललाई उत्कृष्ट हाफ भली प्रहार गर्दै उनले अर्जेन्टिनालाई ४-० को अग्रता दिलाए ।

खेलको ९ मिनेट समय बाँकी रहँदा परेराले अर्जेन्टिनालाई ५-० ले अगाडी बढाए । विङ्बाट आएको क्रसलाई मार्टिनेजले गोलको दिशा दिन नसक्दा फार पोस्टमा रहेका परेराले गोल गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा निकारागुआले पेनाल्टीमा गोल फर्कायो । डिफेन्डर निकोलस ओटामेन्डीले ह्याण्ड गरेपछि प्राप्त पेनाल्टी बरेराले सदुपयोग गर्दै सान्त्वना गोल गरे ।

अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा कोलोम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ । अर्जेन्टिनाले पहिलो खेल जुन १५ मा कोलोम्बियाविरुद्ध खेल्नेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.