default_image

7 years ago

June 8, 2019

रुचालको दुई गोलसँगै संकटा नुवाकोट गोल्ड कपको सेमिफाइनलमा

91 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – लक्ष्मण रुचालको दुई गोलसँगै सिएमजी क्लब संकटाले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो संस्करणको नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुचालको दुई गोलसँगै संकटाले उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

नुवाकोट बट्टारस्थित बट्टार बहुमुखी क्याम्पसको खेल मैदानका शनिबार भएको प्रतिस्पर्धात्म कबनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको शुरुमै लक्ष्मण रुचालले गोल गर्दै संकटालाई १–० ले अघि बढाए । रुचालले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।

इन्ज्युरी समयमा रुचालले नै अर्को गोल थप्दै संकटालाई २–० को जित दिलाए । निकै प्रतिस्पर्धात्मक खेलमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा आर्मी पहिलो खेलबाटै घर फर्कनु परेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा आर्मीले आफ्नो दबदवा कायम गरेपनि गोल गर्न सकेन । दुई गोल गरेका रुचाल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे ।

संकटाले फाइनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत आइतबार दुई विभागीय टोली पुलिस र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्

रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ । प्रतियोगिता अन्र्तगत शनिबार विभागिय टोली नेपाल आर्मी क्लब र संकटा क्लबबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.