default_image

7 years ago

June 9, 2019

विश्व विजेता फ्रान्स स्तब्ध

130 views

0 Bookmark

एजेन्सी – विश्व विजेता फ्रान्स युरो कप छनोटमा टर्कीसँग स्तब्ध बनेको छ । टर्कीमा शनिबार राति भएको खेलमा विश्व विजेता फ्रान्स टर्कीसँग २–० ले स्तब्ध बनेको हो ।

घरेलु मैदानमा टर्कीलाई जिताउन कान एहान र सेन्जिग अन्डरले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । कान एहानले खेलको ३० औ मिनेटमा घरेलु मैदानमा टर्कीलाई सुरुवाती अग्रता दिलाएका थिए । सेन्जिग अन्डरले ४०औ मिनेटमा टर्कीका लागि दोस्रो गोल गर्दै विश्व विजेता फ्रान्सलाई स्तब्ध बनाए ।

समुह ‘एफ’ मा टर्कीको यो युरो छनोटमा लगातार तेस्रो जित हो । जितपछि टर्की ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । फ्रान्स ३ खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

समुह ‘एच’कै अन्य खेलमा आईसल्याण्डले अल्बानियालाई र माल्डोभाले एन्डोरालाई समान १–० ले हराए । माल्डोभाले समुह चरणमा पहिलो जित निकालेको हो ।

जितसँगै आइसल्याण्डको ६ अंक बनाएपनि गोल अन्तरका आधारमा फ्रान्सभन्दा तल तेस्रो स्थानमा रहेको छ । अल्वानिया र माल्दोभाको समान ३ अंक छ । अल्वानिया चौथो तथा माल्दोभा पाँचौ स्थानमा एन्डोरा अंक विहिन हुदै पुछारमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.