default_image

7 years ago

June 9, 2019

जर्मनीले बेलारुसलाई हरायो

103 views

0 Bookmark

एजेन्सी– युरो कप छनोटमा जर्मनीले बेलारुसलाई पराजित गरेको छ । समूह ‘सी’ को खेलमा जर्मनीले बेलारुसलाई २–० ले पराजित गरेको हो ।

बेलारुसको मैदानमा जर्मनीलाई जिताउन लिरोए साने र मार्काे रिउसले गोल गरे । खेलको १३औं मिनेटमा जोसुवा किम्मिचको पासमा सानेले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

६२औं मिनेटमा मार्काे रिउसले गोल गर्दै जर्मनीलाई २–० को जित दिलाए । रिउसले म्याथियस जिन्टरको पासमा गोल गरेका थिए । खेलभर नै जर्मनीले बेलारुसलाई दवावमा राखेको थियो ।
छनोटमा जर्मनीको यो लगातार दोस्रो जित हो ।

दुई खेलमा दुई जितसँगै जर्मनी समूह ‘सी’ मा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । उत्तरी आयरल्यान्ड ३ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको छ ।

शनिबार राति नै भएको खेलमा नर्दन आयरल्यान्डले इस्टोनियालाई २–१ ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । नेदरल्यान्ड ३ अंक जोडेर तेस्रो, इस्टोनिया र बेलारुस अंकविहीन हुदै अन्तिम दुई स्थानमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.