default_image

7 years ago

June 9, 2019

बेल्जियमको सहज जित

138 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा बेल्जियमले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले काजाकास्तानमाथि ३–० को सहज जित हात पारेको हो ।

घरेलु मैदानमा बेल्जियमलाई सहज जित दिलाउन ड्रियस मर्टेन्स, तिमोथी कास्टाग्ने र रोमेलु लुकाकुले गोल गरे । सुरुवातदेखि नै आक्रमक खेल पस्केको बेल्जियमले खेलको ११औं मिनेटमा ड्रियस मर्टेन्सको गोलबाट अग्रता बनाएको थियो । मर्टेन्सले इडेन हजार्डको पासमा गोल गरेका थिए । त्यसको ३ मिनेटपछि नै तिमोथीले गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । उनले मर्टेन्सको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमका लागि लुककुले दोस्रो हाफको सुरुवातमै गोल गर्दै ३–० को सहज जित दिलाए । ५०औं मिनेटमा रोमेलु लुकाकुले मर्टेन्सको पासमा गोल गरे ।

समूह ‘आई’ मा बेल्जियमको यो लगातार तेस्रो जित हो । यससँगै बेल्जियम ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । काजाकास्तान ३ अंकसहित पाँचौ स्थानमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.