7 years ago
June 9, 2019
एजेन्सी – आर्टेम ज्युबाको ह्याट्रिकको सहयोगमा रसियाले युरोकप छनोटमा सान मारिनोमाथि ९–० को शानदार जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको समूह ‘आई’ को खेलमा रसियाले फराकिलो जित हात पारेको हो । रसियाको जितमा अर्टिमले ह्याट्रिकसहित ४ गोल गर्दा फेडोर सोमोलोभले २ तथा फेडोर कुद्रायसोभ र एन्टन मिरानचुकले समान १ गोल गरे । एक गोल उपहार पाएको थियो ।
गोलको वर्षा भएको खलेमा रसियाले खेलको २५औं मिनेटमा मिचेले केभेलीको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । ३१औं मिनेटमा अर्टिमले पेनाल्टीमा गोल गरे । ३६औं मिनेटमा फेडोरले कुद्रायसोभले गोल थपे । ४१औं मिनेटमा एन्टनले गोलपछि घरेलु टोलीले पहिलो हाफमा ४–० को आरामदायी अग्रता बनाएको थियो ।
रसियाको गोल गर्ने क्रम दोस्रो हाफमा पनि नरोकिदा थप ५ गोल गर्न सफल भयो । ७३औं मिनेटमा अर्टिमले व्यक्तिगत दोस्रो गोल गरे । ७६औं मिनेटमा अर्टिम पेनाल्टीमा चुके । तर, ७६औं मिनेटमै अर्टिमले गोल गर्दै ह्याट्रिक पुरा गरे ।
७७ र ८३औं मिनेटमा सोमोलोभले गोल गरेपछि रसिया ८–० को फराकिलो अग्रता बनायो । ८८औं मिनेटमा अर्टिमले एक गोल थप्दै टोलीलाई ९–० को फराकिलो जित दिलाए ।
समूह ‘आई’ मा रसियाको यो दोस्रो जित हो । रसिया ६ अंक जोडेर दोस्रो स्थानमा छ । सानमारिनो अंकविहीन हुदै पुछारमा छ । यही समूहको अर्काे खेलमा स्कटल्यान्डले साइप्रसलाई २–१ ले हरायो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]