default_image

7 years ago

June 9, 2019

क्रोएसियासँग वेल्सको हार

123 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्सले लुका मोड्रीच कप्तान रहेको क्रोएसियासँग पराजित भएको छ । क्रोएसियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा वेल्सले २–१ को हार बेहोरेको हो ।

घरेलु टोली क्रेएसियाले खेलको १७औं मिनेटमा जेम्स लरेन्सको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफको सुरुवातमा अर्को गोल गर्दै अग्रता दोब्बर बनायो । ४८औं मिनेटमा इभान पेरिसिकले गोल गरे ।

७७औं मिनेटमा डेभिड ब्रुक्सले गोल गर्दै वेल्सलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि थप गोल हुन नसक्दा वेल्सले क्रोएसियालाई २–१ को नतिजा सुम्पियो । जितसँगै समूह ‘ई’ मा क्रोएसिया ३ खेलमा दुई जित निकाल्दै ६ अंक जोडेर दोस्रो स्थानमा छ । वेल्स दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा हंगेरीले अजरबैजानलाई ३–१ ले हरायो । हंगेरी ३ खेलमा दुई जितसहित ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अजरबैजान अंकविहीन छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.