default_image

7 years ago

June 10, 2019

समर्थकको रोजाईमा लाम्पार्ड उत्कृष्ट, हाजार्ड चौथो

140 views

0 Bookmark

लन्डन (एजेन्सी)– बेल्जियन सुपर स्टार इडन हाजार्ड लामो प्रतिक्षापछि स्पेनिस सफल क्लब रियल म्याड्रिडमा हालै आबद्ध भएका छन् । चेल्सीबाट उनलाई १ सय ५० मिलियन पाउन्डमा रियलले भित्राएको बताएको छ । उनलाई कतिपयले चेल्सीको क्लब इतिहासमा उत्कृष्ट खेलाडीका रुपमा हेरिएको छ ।

तर, समर्थनका नजरमा भने हाजार्ड उत्कृष्ट खेलाडीको चौथो स्थानमा रहेका छन् । पूर्व स्टार फ्रान्क लाम्पार्ड समर्थकको नजरमा उत्कृष्ट खेलाडी चुनिएका छन् ।

आइभरी कोस्टका डिडिएर ड्रोग्बा उत्कृष्ट खेलाडीको सुचिमा दोस्रो नम्बरमा परेका छन् । प्रभावशाली पूर्व कप्तान जोन टेरी तेस्रो स्थानमा रहेका छन् । २८ वर्षे हाजार्ड चौथो र १३ सय १९ भोटका साथ पिटर चेक पाँचौं स्थानमा छन् ।

सन् २०१२ मा लन्डन क्लब पुगेयता हाजार्ड क्लबका सबैभन्दा प्रभावशाली खेलाडीका रुपमा स्थापित रहेका छन् । उनले क्लबका लागि ३ सय ५२ खेल खेल्ने क्रममा १ सय १० गोल गरेका थिए ।

हाजार्डले गत सिजन मात्र २१ गोल गर्नुका साथै १७ एसिस्ट गरेका थिए । यो पटक चेल्सीलाई युरोपा लिग जिताउनमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो । फाइनलमा प्रिमियर लिग प्रतिद्वन्द्वि आर्सनललाई ४–१ ले हराउँदा हाजार्डले २ गोल गरेका थिए ।

समर्थकको नजरमा चेल्सीको इतिहासका शीर्ष १० खेलाडी
१. फ्रान्क लाम्पार्ड
२. डिडिएर ड्रोग्बा
३. जोन टेरी
४. इडन हाजार्ड
५. पिटर चेक
६. गियनफ्रान्को जोला
७. क्लाउडे माकालेले
८.एनगोलो कोन्टे
९.एस्ले कोल
१०. माइकल इसियन

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.