7 years ago
June 10, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियाले सहज जित हात पारेको छ । लिमामा आइतबार राति भएको खेलमा कोलम्वियाले १० खेलाडीमा समेटिएको घरेलु टोली पेरुलाई ३–० ले पराजित गरेको हो ।

कोलम्वियाको सहज जितमा मेटअस युरिवीले दुई तथा डुभान जापाटाले एक गोल थपे । खेलको २४औं मिनेटमा मेटअस युरिवीले गोल गरेपछि कोलम्वियाले पहिलो हाफमा १–० को अग्रता बनायो ।
५५औं मिनेटमा पेरु १० खेलाडीमा समेटियो । योसिमार योटुन रातो कार्ड खादै मैदानबाट बाहिरियो । त्यसको प्रत्यक्ष फाइदा कोलम्वियाले उठायो । ६६औं मिनेटमा मेटअसले व्यक्तिगत दोस्रो गोल गरे । ९०औं मिनेटमा डुभान जापाटाले गोल गर्दै टोलीलाई ३–० को जित दिलाए ।
पेरु र कोलम्विया दुवै टोली ब्राजिलमा आयोजना हुने कोपा अमेरिका कपको तयारीमा छ । कोलम्विया अर्जेन्टिनासँगै कतार र पाराग्वे रहेको समूह ‘बी’ मा रहेको छ । कोलम्वियाले १६ जुनमा अर्जेन्टिनासँग खेल्दैछ ।
पेरु रहेको समूह ‘ए’ मा आयोजक ब्राजिलसँगै भेनजुएला र बोलिभिया रहेका छन् । पेरुले १६ जुनमा भेनेजुएलासँग खेल्दै कोपा अमेरिका कपको शुरुवात गर्नेछ ।
अर्काे मैत्रीपुर्ण खेलमा मेक्सिकोले इक्वेडरलाई ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो । मेक्सिकोका लुइस रोड्रिग्वेज, लुइस मोन्टेस र जोनाथान डोस सान्तोषले गोल गरे । इक्वेडरका इडवार प्रिसियाडो र एन्जेल मिनाले गोल फर्काए ।
यस्तै पाराग्वेले ग्वाटेमालालाई २–१ ले हरायो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]