default_image

7 years ago

June 11, 2019

रामोसको गोलमा स्पेनको शतप्रतिशत नजिता

136 views

0 Bookmark

एजेन्सी – युरो छनोटमा स्पेनले शतप्रतिशत नतिजा निकालेको छ । सान्टियागो बर्नबेउमा सोमबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३–० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो ।

सहज जितसँगै अपराजित रहेको स्पेनको समूह ‘एफ’ मा ४ खेलबाट १२ अंक पुगेको छ । छनोटमा पहिलो हार बेहोरेको स्वीडेन ७ अंक जोेडेर दोस्रो स्थानमा यथावत रहेको छ ।

स्पेनको सहज जितमा कप्तान सर्जियो रामोस, अल्भेरो मोराटा र मिकेल ओएरजवालले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको सबै ३ गोल दोस्रो हाफमा सम्भव भएको थियो । लगातार स्वीडेनलाई दवावमा राखेको स्पेनले गोलको लागि पेनाल्टीको साहरा लिनुपरेको थियो ।

खेलको ६४औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनालाई अग्रता दिलाए । मार्काे एसेन्सियाको क्रसमा सेवास्टिन लार्सनले ह्यान्ड गरेपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो । जसलाई कप्तान रामोसले कुनै गल्ती गरेनन् ।

८५औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान मोराटाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनायो । आफैलाई फिलिप हेलेन्डरले लडाएपछि प्राप्त पेनाल्टी पाएका थिए । ८७औं मिनेटमा अर्का वैकल्पिक खेलाडी मिकेलले गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए ।

यही समूहको अर्काे खेलमा रोमानियाले माल्टालाई ४–० को फराकिलो जित निकाल्यो । रोमानियाको फराकिलो जितमा जर्ज पुकासले दुई तथा एलेक्ससान्द्रु चिपसियु र डेनिस म्यानले समान १ गोल गरे ।

रोमानिया अन्तिम ११ मिनेट १० खेलाडीमा समेटिएको थियो । रोमानियाका एलेक्ससान्द्रु चिपसियु ८१औं मिनेटमा दोहोरो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । जितसँगै रोमानियाको ४ खेलबाट ७ अंक पुगेको छ । माल्टा ३ अंकसहति पाँचौ स्थानमा छ ।

अर्काे खेलमा नर्वेले फारोअ आइल्यान्डलाई २–० ले हरायो । जितसँगै नर्वे ५ अंक जोडेर चौथो तथा आइल्यान्ड अंकविहीन हुदै पुछारमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.