default_image

7 years ago

June 11, 2019

चेकले मोन्टेनग्रोलाई हरायो

88 views

0 Bookmark

एजेन्सी – युरो कप छनोटमा चेक रिपब्लिककले मोन्टेनग्रोलाई पराजित गरेको छ । घरेलु मैदानमा चेकले मोन्टेनेग्रोलाई ३–० ले हराएको हो ।

चेकको जितमा जाकुव जान्कटो, प्याट्रिकले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको १८औं मिनेटमा जाकुवले पाभेलको पासमा गोल गर्दै चेकलाई पहिलो हाफमा सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफको शुरुमै बोरिस कोपिटोभिकको आत्मघाती गोलबाट चेकले अग्रता दोब्बर बनायो । ८२औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकलाई ३–० को सहज जित दिलाए ।

जितसँगै चेकले समूह ‘ए’ मा शीर्षस्थानमा रहेको इंग्ल्यान्डसँगको अंक बरारबरी गरेको छ । चेक गोलअन्तरमा पछि परेको हो । दुवै टोलीको समान ६ अंक छ । इंग्ल्यान्डले एक खेल कम खेलेको छ । मोन्टेनेग्रो २ अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा कोसोभोले बुल्गेरियालाई ३–२ ले हरायो । कोसोभो ५ अंक जोडेर तेस्रो स्थानमा उक्लदा बुल्गेरिया २ अंक जोडेर पुछारमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.