default_image

7 years ago

June 12, 2019

इस्टोनियाको पोस्टमा जर्मनीको ८ गोल !

104 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा जर्मनीले प्रभावशाली जित निकालेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इस्टोनियालाई ८–० को भारी अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीको प्रभावशाली जितमा मार्काे रिउस र सर्जी जिनाब्रीले समान २ गोल गरे । लियोन गोरेट्का, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए साने समान १ गोल गरे ।

गोलको वर्षा भएको खेलमा जर्मनीले पहिलो हाफमै ५–० को आरामदायी अग्रता बनाउदा दोस्रो हाफमा ३ गोल थपेको थियो ।

खेलको १०औं मिनेटमा रिउसले थिलो केरहरको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा लिरोए सानेको पासमा सर्जी जिनाब्रीले गोल गरे । २०औं मिनेटमा जोसुवा किम्मिचको पासमा लियोन गोरेट्काले गोल गर्दा जर्मनी ३–० ले अघि बढेको थियो ।

२६औं मिनेटमा इकेए गुन्डोगानले पेनाल्टीमा गोल गर्दा जर्मनी पहिलो हाफमै सहज जिततर्फ अग्रसर बनेको थियो । ३७औं मिनेटमा मार्काे रिउसले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनीले पहिलो हाफमा ५–० को अग्रता लिन सफल भयो ।

६२औं मिनेटमा सर्जी जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा टिमो वेर्नरले गोल गरेपछि जर्मनी ७–० ले अघि बढ्यो । ८८औं मिनेटमा लिरोए सानेले गोल गरेपछि जर्मनीले ८–० को प्रभावशाली जित हात पा¥यो । खेलभर नै जर्मनीले इस्टोनियालाई दवावमा राखेको थियो ।

प्रभावशाली जितसँगै जर्मनीले समूह ‘सी’ मा ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।

यही समूहको अर्काे खेलमा नर्दन आयरल्यान्डले बेलारुसलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा रहिरहन सफल भयो । अपराजित रहेको आयारल्यान्डको ४ खेलबाट १२ अंक जोडेको छ । नेदरल्यान्डको ३ अंक रहँदा बेलारुस र इस्टोनियाले अंक जोड्न सकेको छैन ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.