default_image

7 years ago

June 12, 2019

एमबाप्पेको गोलसँगै विश्वविजेता फ्रान्सको प्रभावशाली जित

111 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पेले गोलगरेसँगै विशवविजेता फ्रान्सले प्रभावशाली जित हात पारेको छ ।

फ्रान्सले एन्डोरामाथि ४–० को प्रभावशाली जित हात पारेको हो । फ्रान्सको प्रभावशाली जितमा केलियन एमबाप्पे, विसम विन यडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले गोल गरे ।

एन्डोरामा मंगलबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । उनले एन्टोइन ग्रिजमनले गोल गरे । ३०औं मिनेटमा विसम विन यडरले फ्लोरियन थाउभिनको पासमा गोल गरेपछि फ्रान्सले २–० को अग्रता बनायो ।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेको पासमा फ्लोरियले गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको थियो । ६०औं मिनेटमा कुर्ट जौमाले गोल गर्दै फ्रान्सलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै फ्रान्स समूह ‘एच’ मा ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ९ अंक भएपनि फ्रान्सले टर्की र आइसल्यान्डलाई गोलअन्तरमा पछि पारेको हो । एन्डोराले अंक जोड् सकेको छैन ।

यही समूहको अर्काे खेलमा आइसल्यान्डले टर्कीलाई २–१ ले गरेको छ । जितसँगै आइसल्यान्डले फ्रान्स र टर्कीसँग अंक बराबरी गरेको छ ।

आइसल्यान्डको जितमा रगनर सिगुर्सनले दवै गोल गरे । डोरुआन टोकोजले एक गोल फर्काए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.