7 years ago
June 12, 2019
एजेन्सी – रोमेल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप छनोटमा आफ्नो अपराजित यात्रालाई जारी राखेका छन् । अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बेल्जियमले स्कटल्यान्डमाथि ३–० सहज जित हात पारेको हो ।

घरेलु मैदानमा बेल्जियमका लागि केभिन डि ब्रुयनले एक गोल थपे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा रोमेलु लुकाकुले गोल गर्दै कप्तान इडेन हजार्डको पासमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
५७औं मिनेटमा लुकाकुले केभिन डि ब्रुयनको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ९०औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै बेल्जियमलाई ३–० को सहज जित दिलाए ।
जितसँगै बेल्जियम समूह ‘आई’ मा ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्कटल्यान्ड ६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा रसियाले साइप्रसलाई १–० ले हरायो । जितसँगै रसिया ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । साइप्रस ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
अर्काे खेलमा काजकस्तानले सान मारिनोमाथि ४–० को फराकिलो जित निकाल्यो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]