7 years ago
June 12, 2019
एजेन्सी – इटालीले युरोकप छनोटमा संघर्षपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो ।

घरेलु मैदानमा इटालीको संघर्षपुर्ण जितमा लोरेन्जो इनसिग्ने र मार्काे भेराट्टीले गोल गरे । बोस्नियाका इडेन जेकोले एक गोल गरे ।
इटालीले एक गोलले पछि परेको स्थितिमा जित निकालेको हो । खेलको ३२औं मिनेटमा जेकोले गोल गरेपछि इटाली पहिलो हाफमा १–० ले पछि परेको थियो ।
दोस्रो हाफको शुरुमै इटालीले बराबरी गोल फर्काए । ४९औं मिनेटमा लेरेन्जो इनसिग्नेले फेडरिकोको पासमा बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको ४ मिनेट बाँकी रहँदा मार्काे भेराट्टीले गोल गर्दै इटालीलाई २–१ को जित दिलाए ।
जितसँगै इटाली समूह ‘जे’ मा अपराजित रहेको इटालीको ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
अर्काे खेलमा फिनल्यान्डले लिचेस्टाइनलाई २–० ले हरायो । फिनल्यान्ड ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अर्मेनियाले ग्रीसलाई ३–२ ले हरायो ।
अर्मेनिया ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । ग्रीस र बोस्निया हर्ज गोभिना समान ४ अंकसहित चौथो र पाँचौ स्थानमा रहँदा लिचेस्टाइनले अंक जोड्न सकेको छैन ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]