default_image

7 years ago

June 12, 2019

हंगेरीसँग वेल्सको हार

126 views

0 Bookmark

एजेन्सी – युरो छनोटमा ग्यारेथ वेलको वेल्सले लगातार दोस्रो हार बेहोरेको छ । वेल्स घरेलु टोली हंगेरीसँग १–० ले पराजित भएपछि लगातार दोस्रो हार बेहोर्न बाध्य बनेको हो ।

वेल्स यसअघि क्रोएसियासँग २–१ ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेसँगै वेल्सको युरो छनोट यात्रा झिनो बन्दै गएको छ ।

समूह ‘एफ’ मा वेल्स ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । चार खेलमा ३ जितसहित हंगेरी ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ९ मिनेट बाँकी रहँदा घरेलु टोलीका मेट पाटकाईले गरेको गोल नै निर्णायक बन्यो ।

यही समूहको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई ५–१ ले हरायो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.