default_image

7 years ago

June 13, 2019

लाम्पार्ड चेल्सी फर्कने सम्भावना !

124 views

0 Bookmark

लन्डन (एजन्सी)– चेल्सीले क्लबका महान खेलाडी फ्रान्क लाम्पार्डसँग स्टामफोर्ड ब्रिज फर्कने विषयमा छलफल अघि बढाएको छ । चेल्सीका अफिसिलय र डर्बीका प्रशिक्षक लाम्पार्डबीच क्लबको नयाँ प्रशिक्षकको विषयमा कुरा कानी भएको बताइएको छ ।

चेल्सीका प्रशिक्षक माउरिजियो सारीले क्लब छाड्ने निश्चित प्राय भएपनि विकल्पका बारेमा छलफल सुरु भएको हो । इटालियन प्रशिक्षक सारी यो साता युभेन्ट्स जाने सम्भावना रहेको छ । प्रिमियर लिगमा एक सिजन बिताएपछि सारी आफ्नै देश फर्कने सम्भावना बढेको हो ।

प्रशिक्षकका रुपमा लाम्पार्डको अनुभव लामो छैन । ठूलो टोली हरेको उनीसँग एक वर्षको मात्र अनुभव छ । तर पनि उनलाई लिएर क्लबका मालिक रोम इब्राहिमोचि सकारात्मक छन्। उनी आफ्ना पुराना खेलाडीमाथि भरोसा देखाइरहेका छन् ।

इग्ल्यान्डका पूर्व मिडफिल्डर मंगलबार दिवा खानाका लागि चेल्सीका पूर्व सहकर्मी डिडिएर ड्रोग्बासँग भेटिएका थिए । युभेन्ट्सका मासिमिलियानो एलिग्रीको ठाँउ सारीले लिने पक्का भएपछि यता लाम्पार्डको चर्चा सुरु भएको हो ।

एलिग्री, आयक्सका प्रशिक्षक इरिक टेन हाग पनि चेल्सीका सम्भावित प्रशिक्षकका रुपमा हेरिएका छन् । तर, खेलाडी भित्राउनबाट प्रतिबन्ध खेपिरहेको चेल्सी जानु कुनै पनि प्रशिक्षकका लागि सहज भने हुने छैन । १६ वर्ष मुनिका विदेशी खेलाडीसँग सम्झौता गरेका कारण चेल्सीमाथि खेलाडी खरिद गर्न प्रतिबन्ध छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.