default_image

6 years ago

June 22, 2019

डी लिग्टलाई युभेन्टस आउन रोनाल्डोको आग्रह

166 views

0 Bookmark

पोर्टो (एजेन्सी)– क्रिस्टिायानो रोनाल्डोले आफुलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डर माथिस डी लिग्टले बताएका छन् । केहि साताअघि नेसन्स लिग फाइनलपछि आफुसँगको भेटमा रोनाल्डोले त्यस्तो भनेको लिग्टले बताएका हुन् ।

रोनाल्डोको पोर्चुगलले फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराएको थियो । १९ वर्षे लिग्टले भने आयक्स छोड्ने पक्का भएको । उनले कुन क्लब रोज्ने भन्ने धेरैको चासोको विषय बनेको छ । फाइनल पछि रोनाल्डो र सेन्टर हाफ लिग्टबीच कुराकानी गरिरहेको टेलिभिजनमा देखिएको थियो । पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले युभेन्ट्स सुरुवाको सम्भावनाका विषयमा कुरा गरेको लिग्टले बताएका छन् ।

‘सुरुमा त मैले केहि बुझिन । म केहि आश्चार्यमा पनि परे, त्यसैले हासे पनि । तर मैले केहि भनिन’ रक्षक लिग्टले भने, ‘खेल सकिने वित्तिकै त्यस्तो विषय सोचिएको हुन्न । हामी खेल हारेर निराश थियौं र त्यहि बेला सरुवाका विषयमा सोच्ने कुरा पनि भएन ।’

आयक्समा डी लिग्टले उच्च प्रदर्शन गरेका थिए । टोलीलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउन मद्दत गरेका लिग्ट यो सिजन सरुवा बजारमा चर्चामा रहने बलियो सम्भावना छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.