default_image

5 years ago

June 26, 2019

‘अर्को सिजनसम्म पीएसजीमै’– एमबाप्पे

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेको पछिल्लो भनाईले रियल म्याड्रिडको योजनामा चिसो पानी खनिएको छ । एमबाप्पले अर्को एक सिजन पिएसजीमै रहने संकेत गरेपछि उनलाई भित्राउने रियलको योजना तत्कालका लागि पुरा नहुने भएको छ । जिनेदिन जिदानको रियल यो सिजन विश्व स्तरीय खेलाडी भित्राउने दाउमा छ । पछिल्लो सिजन खराब प्रदर्शन […]

39 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेको पछिल्लो भनाईले रियल म्याड्रिडको योजनामा चिसो पानी खनिएको छ ।

एमबाप्पले अर्को एक सिजन पिएसजीमै रहने संकेत गरेपछि उनलाई भित्राउने रियलको योजना तत्कालका लागि पुरा नहुने भएको छ । जिनेदिन जिदानको रियल यो सिजन विश्व स्तरीय खेलाडी भित्राउने दाउमा छ । पछिल्लो सिजन खराब प्रदर्शन गरेका कारण पनि रियल टोलीलाई नयाँ बनायने तयारीमा जुटेको छ । जसमा एमबाप्पले र नेयमारलाई रियलले भित्राउने लक्षित गरेको चर्चा चलेको छ ।

नेयमारले पछि पछिल्लो साता रियल जान नचाहेको प्रष्ट पारेका थिए । अहिले एमबाप्पले पनि सोहि आशय प्रकट गरेका छन् । दुवै खेलाडी पिएसजी छाड्ने पक्षमा तत्कालका लागि देखिएका छैनन् । ‘रियलमा सरुवा हुने विषयमा कुरा गर्ने समय यो होइन,’ अन्तर्राष्ट्रिय जिम्मेवारीका दौरान फ्रान्सेली स्टारले गत साता भने, यो विषयमा मलाई धेरै पल्ट सोधिएको छ । तर मैले भनेको छु म अर्को सिजन सम्म पिएसजीमा छु । तपाईहरु (सञ्चारमाध्यम) जहिले यहि सोध्नु हुन्छ । तर यो त्यो समय होइन । ’

रियल यो सिजन सरुवा बजारमा सक्रिय छ । इडन हाजार्ड, लुका जोभिच, इडर मिलिटाओ, रोड्रीगो र मेन्डीलाई भित्र्याउन रियलले ३ सय २० मिलियन पाउण्ड खर्च गरिसकेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.