7 years ago
June 14, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडले एन्टोनियो ग्रिजमनलाई क्लबमा भित्राउन अन्तिम प्रयास गर्ने भएको छ । फ्रान्सेली अन्तर्राष्ट्रिय फरवार्ड ग्रिज्मन एट्लेटिको म्याड्रिड छाडेर बार्सिलोना जाने चर्चाका बीच युनाइटेडले पनि अन्तिम पटक प्रयास गर्ने बताइएको छ ।

युनाइटेड उनका लागि क्लबका लागि कीर्तिमानी रकम ९५ मिलियन पाउन्ड सम्म गर्न गर्न तयार रहेको उल्लेख छ । बार्सिलोनाबाट उनलाई औपचारिक प्रस्ताव नगइसकेकोले पनि ग्रिजमनलाई भित्राउन सकिनेमा युनाइटेड आशावादी देखिएको छ । त्यति मात्र होइन ग्रिजमनको हालैको अभिव्यक्तिले पनि युनाइटेड उत्साहित रहेको छ ।
‘म ला लिगामै रहन्छु की रहन्न थाहा छैन,’ अन्तर्राष्ट्रिय जिम्मेवारी निर्वाह गर्ने समयमा जुनकै सुरुवातमा ग्रिजमनले भनेका थिए,‘ मलाई थाहा छ म कहाँ जानु पर्छ भन्ने । र चाँडो भन्दा चाँडो कहाँ जाने भन्ने टुंगो लाग्नेछ ।’ तर, युनाइटेडको प्रयास सफल नहुने कतिपयको अनुमान छ ।
एट्लेटिकोका सिइओ गिल मार्टिनका अनुसार मार्चमा ग्रिजमन बार्सिलोना जाने निश्चित प्राय छ । उनले भनेका छन् ‘म यसमा प्ष्ट छु । उनी जुलाईमा बार्सिलोनाबाट खेल्नेछन् ।’
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]