7 years ago
June 14, 2019
एजेन्सी – बेल्जियन तथा चेल्सीका फरवार्ड इडेन हजार्ड आधिकारिक रुपमा स्पेनिस महारथी रियल म्याड्रिडमा सार्वजनिक भएका छन् ।

क्लबले बिहीबार राति सान्टियागो बर्नबेउमा हजार्डलाई सार्वजनिक गरेको हो । उनको बिहीबार नै मेडिकल गरिएको थियो । उनलाई क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले सार्वजनिक गरे । तर, उनलाई रियलमा जर्सी नम्वर भने प्रदान गरिएको छैन । सम्भवत हजार्डले रियलको आइकोनिक ७ नम्वर जर्सी पाउने सम्भावना छ ।

सार्वजनिक कार्यक्रममा रियलका समर्थकहरु उपस्थित रहेका थिए । उनलाई क्लबले १५० मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्ध गरेको हो । हजार्ड २०२४ सम्म रियलमा रहनेछन् ।

सान्टियागो बर्नबेउमा सार्वजनिक भएसँगै हजार्डले रियलको लोगोलाई किस गर्दै रियलबाट खेल्ने आफ्नो सपना पुरा भएको बताएका छन् ।
हजार्ड रियलमा अनुबन्ध हुने पाँच खेलाडीमध्ये चौथो खेलाडी बनेका छन् । रियलले यो सिजन रोड्रिगो, इडर मिलिटाओ, लुका जोभिक र इडेन हजार्डलाई क्लबमा अनुबन्ध गरिसकेको छ । फरल्यान्ड मेन्डीलाई ४९ मिलियन पाउन्डमा अनुबन्ध गर्दैछ । रियलले ५ खेलाडीलाई अनुबन्ध गर्न ३ सय ४४ मिलियन पाउन्ड खर्चिसकेको छ ।
‘सानैदेखि मेरो इच्छा रियलबाट खेल्ने थियो । आज आधिकारिक रुपमा अनुबन्ध भएको छु । अब त्यो सपना पुरा भएको छ ।’ हजार्डले भने, ‘रियलको जर्सीमा खेल्न पक्कै गाह्रो हुनेछ । तर, म चुनौती सामना गर्न तयार छु ।’
‘थ्याङ्क्यु अल भेरी मच हला म्याड्रिड’
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]