default_image

7 years ago

June 14, 2019

फिफा वरियतामा नेपाल खस्कियो

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिफाको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले जुनका लागि जारी शुक्रबार जारी गरको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो ।

नेपालले दुई वटा मैत्रीपूर्ण खेल खेलेको एक साता भन्दा केहि बढी समयपछि आएको वरियतामा नेपाल खस्केको हो । जेठ १९ मा मलेसियासँगको मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले जेठ २३ गते चाइनिज ताइपेलाई भने १–१ को बराबरीमा रोकेको थियो ।

नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । उनले आफ्नो दोस्रो खेलमै गोल गरेका थिए । अभिषेकले मलेसियाविरुद्धको खेलमा डेब्यू गरेका थिए ।
फिफा वरियता अनुसार दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । भारतमा एक सय एक र माल्दिभ्स १ सय ५१ औं स्थानमा छ । एसियाली मुलुकमा भने ४६ मध्ये नेपाल ३५ औं स्थानमा छ ।

दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा छ ।

बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा रहँदा विश्व कप विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इग्ल्यान्ड चौथो र पोर्चुगल पाँचौं स्थानमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.