7 years ago
June 15, 2019
एजेन्सी – बायर्नका पुर्वस्टार लोथर म्याथ्थुजले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पुर्व सहयात्री हामेस रोड्रिग्वेजसँग खेल्ने चाहना रहेको खुलासा गरेका छन् ।

बायर्नका पुर्व खेलाडी लोथर मथाउस रोनाल्डोको जेम्सलाई इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टसमा जोडिन आग्रह गर्दै सँगै खेल्ने चाहना व्यक्त गरेका हुन् । ब्राजिल विश्वकपका गोल्डेनबुट विजेता २७ वर्षीय हामेस विश्वकप लगत्तै स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका थिए । रियलमा निकै कम मौका पाएपछि हामेस २०१६ पछि लोनमा जर्मन क्लब बायर्न म्युनिखमा पुगेका थिए ।
रियल र बायर्न दुवैले हामेसलाई क्लबमा नराख्ने निर्णय लिँदा हामेसका लागि युभेन्टस उपयुक्त विकल्प हुन सक्नेछ । ‘म हामेसलाई युभेन्टसमा देख्न चाहान्छु । हामेसको विषयमा दुई साताअघि कुराकानी भएको थियो । हामेस र रोनाल्डोको सम्वन्ध निकै राम्रो छ ।’ मथाउसले भने, ‘उनीहरु एकसाथ खेलेको हेर्ने इच्छा छ । म बुझ्न सक्छु, हामेस र रोनाल्डोको समन्वय राम्रो छ र निकै गोल गर्न सक्छन् । जसले गर्दा दुवै खेलाडी चम्किन सक्छन् ।’
हामेस सन् २०१४ मा रियल मड्रिडमा आएका थिए । उनले रियललाई ला लिगा च्याम्पियन, दुई च्याम्पियन्स लिग र दुई क्लब विश्वकपको उपाधि जिताउन सहयोग गरेका थिए । मौरिसियो सार्री युभेन्टसको नयाँ प्रशिक्षक बन्ने सम्भावना रहेको छ । उनले कस्ता खेलाडी अनुबन्ध गर्नेछन् त्यो हेर्न बाँकी नै छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]