7 years ago
June 16, 2019
एजेन्सी – युक्रेनले फिफा यु–२० विश्वकप फुटबलको उपाधि जितेको छ । पोल्यान्डमा शनिवार राति भएको फाइनलमा युक्रेनले दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

युक्रेनले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । खेलको पाँचौ मिनेटमा लि कानगिनले पेनाल्टीमार्फत गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाले भिएआरको सहायतामा पेनाल्टीको मौका पाएको थियो ।

३४औं मिनेटमा युक्रेनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । भ्लाडिस्लाभ सुप्रिहाले गोल गरेका थिए । ५२औं मिनेटमा सुप्रिहाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युक्रेनले खेलमा २–१ को अग्रता लिन सफल भयो । ८९औं मिनेटमा हेओरीले गोल गर्दै युक्रेनलाई ३–१ को जित दिलाउदै विश्वकपको उपाधि जित्न सफल भयो ।
इटालीलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै इक्वेडरले तेस्रो स्थान हात पा¥यो ।
२३ मे बाट शुरु भएको विश्वकपमा २४ टोलीको सहभागिता रहेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]