7 years ago
June 16, 2019
एजेन्सी – कोपा अमेरिका अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो ।

सन् २००७ यता कोलोम्बियाले पहिलो पटक अर्जेन्टिनालाई पराजित गरेको हो । हारका बाबजुद अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले खेलमा सकारात्मक पक्ष पनि रहेको अटाएका छन् । ‘ यस खेलमा सकारात्मक पक्ष पनि रहे । अब हामीसँग अगाडी रहेको चुनौती स्वीकार्नुको विकल्प छैन । गुनासो गरेर केहि हुनेवाला छैन, अब हामीले अगाडी बढ्नुपर्छ । प्रतियोगितामा अझै धेरै खेल बाँकी छन्,’ मेस्सीले भने ।
‘कोलम्बियाले बल पोसेसनमा राम्रो पकड राख्यो । हामीले अपेक्षा गरेअनुसार आक्रमण बुन्न पनि सकेनौं । जब हामीले दोस्रो हाफमा केहि आक्रामक प्रस्तुत हुने तयारी गर्यौं विपक्षी टोलीले गोल गर्यो । हामीले राम्रो पकड बनाएको अवस्थामा उनीहरुले गोल गर्दा खेलको नतिजा बदलिएको हो,’ उनले थपे ।

‘हामीले यस हारलाई आउने खेलका लागि पाठका रुपमा लिएका छौं । अझैपनि प्रतियोगितामा भविष्य हाम्रै हातमा रहेको छ । हारबाट प्रतियोगिता सुरुवात गर्नु सहज हुँदैन तर यदि हामीले अर्को खेलमा जित दर्ता गर्यौं भने हामी सहज अवस्थामा पुग्नेछौं,’ मेस्सीले टुंग्याए ।
अर्जेन्टिनाले समूहको दोस्रो खेलमा पाराग्वेको सामना गर्दैछ । नेपाली समयानुसार खेल अर्को बिहीबार विहान ६:१५ बजे हुनेछ । अर्जेन्टिना रहेको समूह ‘बी’ मा कोलम्बिया, कतार र पाराग्वे रहेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]