7 years ago
June 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)-राष्ट्रिय महिला खेलाडी पुजा राना एक्लैको १० गोल सहयोगमा बासगढी नगरपालिका बर्दियाले प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा शम्भुनाथ नगरपालिकामाथि फराकिलो जितसहित प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

बासगढी पहिलो खेलमा तुल्सीपुरसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा आइतबार भएको खेलमा बासगढीले शम्भुनाथ नगरपालिकामाथि १९–० को फराकिलो जित निकालेको हो ।
बासगडीको फराकिलो जितमा राष्ट्रिय तथा यु–१९ राष्ट्रिय महिला टोलीका सदस्य पुजा रानाले तेहोरो ह्याट्रिकसहित १० गोल गरिन् । लक्ष्मी चन्द र सुरक्षा सुखरियाले ह्याट्रिक पुरा गरिन् । अन्जना रानामगरले दुई तथा नानुमाया क्षेत्रीले १ गोल थपिन् ।

अर्काे खेलमा वालिङ नगरपालिका स्याङ्जाले घोराही नगरपालिका दाङमाथि ५–० को जित निकाल्दै लगातार दोस्रो जित निकाल्न सफल भयो । वालिङको जितमा अस्मिता रानपालले २ गोल गरिन् । शान्ता नेपाली, सरस्वती हमाल र मनमाया दमाईले समान १ गोल गरिन् ।
लगातार दोस्रो जितसँगै वालिङ समूह ‘ए’ मा एक खेल बाँकी रहँदा ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रोमा रहेको बासगढीको ४ अंक रहेको छ । बासगढी र वालिङबीचको विजेताले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान बनाउनेछ ।
प्रतियोगितामा सोमबार तीन खेल हुनेछ । पहिलो खेलमा बासगढी र वालिङ, दोस्रो खेलमा बाह्रविसे र भीमेश्वर, तथा काठमाडौं र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]