7 years ago
June 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वालिङ नगरपालिका स्याङ्जा समूह विजेता बन्दै प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हल्चोकस्थित एपीएफ क्लबको खेल मैदानमा सोमबार भएको समूह ‘ए’ को अन्तिम खेुलमा वालिङ नगरपालिका र बासगढी नगरपालिकाले गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि वालिङ अपराजित रहेको समूह विजेता बन्दै अन्तिमा चारमा पुग्न सफल भएको हो ।
वालिङले पहिलो खेलमा शम्भुनाथलाई ११–० ले तथा दोस्रो खेलमा घोराहीमाथि ५–० को जित निकालेको थियो । सेमिफाइनल पुग्न वालिङलाई बराबरी नै पर्याप्त रहेको थियो । वालिङले सोही नतिजा आत्मसात गर्न सफल भयो । यता, बासगढीलाई सेमिफाइनल प्रवेश गर्न जित्नै पर्ने दवाव थियो । तर, बासगढीले नतिजा आफ्नो पक्षमा पार्न नसक्दा समूहबाटै बाहिरियो ।
बासगढी पहिलो खेलमा तुल्सीपुरसँग २–२ गोलको बराबरीमा रोकिदा दोस्रो खेलमा शम्भुनाथ नगरपालिकामाथि १९–० को जित निकाल्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राखेको थियो । तर, अन्तिम खेलमा नतिजा आफु अनुकुल पार्न सकेनन् ।
अपराजित रहेको वालिङले समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोड्यो । दोस्रोमा रहेको बासगढीको ५ अंक जोड्यो । यो समूहबाट बासगढीसँगै घोराही र शम्भुनाथ नगरपालिका पनि समुह चरणबाटै बाहिरिए ।
आयोजकले एक समूहबाट एक टोली मात्रै सेमिफाइनल पुग्ने नियम राखेको थियो । आज दोस्रो खेलमा बाह्रविसे र भीमेश्वर, तथा काठमाडौं र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]